नेपाल बारको आकस्मिक बैठक सुरु
मकालु खबर
२०७८ मंसिर २ गते
काठमाडौँ । नेपाल बार एसोसिएसनको आकस्मिक बैठक सुरु भएको छ । सर्वोच्च अदालत परिसरमा प्रहरी र प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरूमाथि बल प्रयोग गरेको छ । उक्त बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले दबाउन खोजेको भन्दै आन्दोलन थप सशक्त बनाउने तयारीका साथ बार आकस्मिक छलफलमा जुटेकाे छ । उक्त बैठकमा नेपाल बार सर्वोच्च बार र उपत्यकाका उपलब्ध बार इकाईका पदाधिकारीहरुको उपस्थित उपस्थित रहेको बताइएको छ ।
मकालु खबर
२०७८ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित