सर्वोच्चमा आज पनि वकिल र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा रहेका वकिल र प्रहरीबीच आज पनि घम्साघम्सी भएको छ । सर्वाेच्च अदालत प्रांगणमा धर्नामा बस्न प्रवेश गर्न खोजेका वकिलहरु र प्रहरीबीच घम्साघम्सी भएको हो ।

नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । अहिले वकिल सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ ।

नेपाल बार एसोसिएसनको नेतृत्वमा भएको धर्नामा प्रधान न्यायाधीश जबराको राजीनामा माग गर्नै विभिन्न ठाउँका वकिलहरु सर्वोच्च परिसरमा धर्नारत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *