बैंक अफ काठमाण्डूका ग्राहकलाई सन स्टार होटलमा विशेष छुट
मकालु खबर
२०७८ मंसिर ३ गते
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले सन स्टार होटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंक अफ काठमाण्डू लिमिटेड र सन स्टार होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने भएको हो ।
यस सम्झौतापछि ग्राहकले सन स्टार होटलमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
सन स्टार होटलले भैरहवाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
मकालु खबर
२०७८ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित