विवादित जिल्लाको अधिवेशनबारे देउवा–शशांक छलफल
मकालु खबर
२०७८ मंसिर ४ गते
काठमाडौँ। पार्टी अधिवेशनबारे विवाद रहेका जिल्लामा अधिवेशन गर्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच छलफल भएको छ ।
रक्षामन्त्री तथा कांग्रेस नेता मिनेन्द्र रिजालसहितलाई लिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका महामन्त्री कोइरालाले देउवासँग महाधिवेशनको प्रक्रिया र तयारीका विषयमा छलफल गरेका हुन् ।
विवादका कारण रसुवा, सर्लाहीलगायत जिल्लाको अधिवेशन हुन सकेको छैन । कोइराला निकट नेताका अनुसार भेटमा अधिवेशन प्रक्रिया सुरु भएपनि विवाद देखिएका रसुवा सर्लाहीलगायत जिल्लाको अधिवेशन कसरी गराउने भन्नेबारे छलफल भएको हो । साथै पार्टीका जनसम्पर्क समितिहरूका विषयमा समेत छलफल भएको ती नेताले बताए । कोइरालाले त्यसअघि चाक्सीबारी पुगेर नेता प्रकाशमान सिंहसँग भेट गरेका थिए ।
मकालु खबर
२०७८ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित