‘साइबर सर्कल’ बनाउँदै अध्यक्ष ओली
मकालु खबर
२०७८ मंसिर ६ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गर्दैछन् । उनले बुधवार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा यसको घोषणा गर्ने युवा संघ नेपालले जनाएको छ । सामाजिक सञ्जालमा पार्टी गतिविधिलाई प्रचार गर्न साइबर सर्कल बनाइने भएको हो ।
अध्यक्ष ओलीले पटकपटक कार्यकर्ताहरुलाई एमालेविरुद्ध बोल्नेहरुमाथि साइबर आक्रमणमा उत्रिन निर्देशन दिँदै आएका छन् । घोषणा सभामा एमाले सचिव प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतलगायतको उपस्थिति हुनेछ ।
मकालु खबर
२०७८ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित