एनआइबिएल सहभागिता फण्डको इकाई ईसेवाबाट खरिद गर्न सकिने
मकालु खबर
२०७८ मंसिर ७ गते
काठमाडौं । एनआईबीएल सहभागिता फण्डको इकाईहरू ईसेवाबाट खरिद गर्न सकिने भएको छ ।
नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर राखी हिजो मङ्सिर ६ गतेदेखि इसेवाको माध्यमबाट पनि एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।
यसअघि एनआईबीएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई कनेक्ट आइपिएस\खल्ती, नेपाल इभेष्टमेन्ट बैंक र इ-बैकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो ।
योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई बिना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको बताएको छ ।
मकालु खबर
२०७८ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित