हरिनगरा, इटहरी र गौरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङकाे इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ।

मंसिर ५ गते इटहरि नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डीएन न्यौपानेले गरेका थिए । उक्त कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेका थिए । उक्त कार्यक्रम एरिया प्रमुख शिपुजन शाहले सञ्चालन गरेका थिए ।

त्यसैगरी सोही दिन हरिनगरा मा।वि।मा करिव १५० जना जना बिद्यार्थीको उपस्थिति रहेको अर्को कार्यक्रममा बीमा सम्बन्धी चेतनामूलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्तराज धमलाले प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उप क्षेत्रीय प्रमुख हिरा निरौलाले प्रकाश पारेका थिए । कार्यक्रमका अध्यक्ष तथा प्रधान अध्यापक बलराम मण्डलले समिक्षा मन्तब्य दिएका उक्त कार्यक्रमको सञ्चालन जनजागरण जिल्ला कमिटिका संयोजक श्री खड्ग नारायण उरावले गरेका थिए ।

त्यसैगरी मंसिर ६ गते गौरी शंकर बहुमुखी क्याम्पस, गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रमेश श्रीवास्तवले गरेका थिए । प्रमुख अथिति प्रशासकिय अधिकृत मोहन यादव रहेको उक्त कार्यक्रममा बीमाको महत्व बारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेश कुमार शाहले प्रकाश पारेका थिए ।

कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले प्रदान गरेका थिए । कम्पनीका कर्मचारी मनोज कुमार यादवले सञ्चालन गरेको उक्त कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले उक्त कार्यक्रमको सराहना गर्दै यस कार्यक्रमले जनस्तरमा बीमा बारे बुझ्न र समाजमा रहेका बीमा सम्बन्धी अन्यौल हटाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *