कोभिडपछि ८७ प्रतिशत उद्योग पूर्ण सञ्चालनमा

काठमाडौँ । कोभिड–१९ प्रभावपछि ८७.२ प्रतिशत उद्योग पूर्ण रुपमा सञ्चालनमा आएको एक अध्ययनले देखाएको छ । २०७६ साल चैतमा कोरोनाका कारण गरिएका लकडाउन लगायतका कारण २०७७ असारमा २८.८ प्रतिशत उद्योग मात्रै सञ्चालनमा रहेकोमा हालसम्म ८७.२ प्रतिशत उद्योगले पूर्ण रुपमा उत्पादन सुरु गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले गरेको कोभिड–१९ ले अर्थतत्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार हालसम्म आइपुग्दा उद्योगको उत्पादन र कारोबार स्थितिमा ७४.७ प्रतिशत सुधार र रोजगारीको अवस्थामा ९७.२ प्रतिशत सुधार आएको छ ।

व्यवसाय सञ्चालन सम्बन्धी पछिल्लो वस्तुस्थिति बारे २०७७ असार, २०७७ मंसिर र २०७८ बैशाखको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ कात्तिक ७ देखि १७ गतेसम्म तेस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरेको राष्ट्र बैंकले जाएको छ ।

कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र स बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुबाट तथ्याङ्क संकलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *