काठमाडौँ कांग्रेसको सभापतिमा बानियाँ र कार्की उम्मेदवार
मकालु खबर
२०७८ मंसिर ९ गते
काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापतिमा सबुज बानिया र उपेन्द्र कार्की प्रतिस्पर्धा गर्ने भएका छन् । संस्थापन पक्षबाट कार्की र संस्थापन इतर पक्षबाट बानिया सभापतिको उम्मेदवार बनेका हुन् ।
दुवै पक्षले पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । वर्तमान सभापति समेत रहेका बानियालाई नेता प्रकाशमान सिंह, नेता रामचन्द्र पौडेल, गगन थापालगायतको समर्थन छ ।
काठमाडौँ २ का क्षेत्रीय सभापति रहेका कार्कीलाई सभापति देउवा पक्षको समर्थन छ ।
काठमाडौँमा सिंह र थापा पक्षका धेरै उम्मेदवार विजयी भएका छन् । यो गठबन्धनले काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये आठ क्षेत्रमा नेता जितेको छ ।
नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ ।
मकालु खबर
२०७८ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित