गोकुल बाँस्कोटाले भने- ‘म सचिवमा उम्मेदवारी दिन्छु’

चितवन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सचिवमा उम्मेदवारी दिने बताएका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिबार उनले सचिवमा उम्मेदवारी दिने बताएका हुन् ।

साथै उनले सहमतिको प्रयास जारी रहेपनि चुनावको सम्भावना रहेको बताए । ‘निर्वाचन हुने सम्भावना बढेको छ । हामीले जतिसक्दो सहमतिमै टुङ्ग्याउने भनेका छौँ, तर त्यो सम्भावना कम देखियो,’ बाँस्कोटाले भने, ‘कमरेडहरूले उम्मेदवारी फिर्तै लिनुभएन भने त हुने निर्वाचन नै त हो नि ।’

अहिले देशै ओलीमय भएको उनको जिकिर छ । ‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्धति हो । तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ । देशै एमालेमय भएको छ । ओलीमय छ । एमाले त ओलीमय भइहाल्यो नि,’ भीम रावलको उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै बाँस्कोटाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *