कांग्रेस कञ्चनपुरको सभापतिमा लेखकनिकट बोगटी विजयी

२०७८ मंसिर १२ गते

धनगढी । नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी बहादुरसिंह थापालाई पराजित गर्दै बोगटी सभापतिमा निर्वाचित भएका हुन् । बोगटीले ८०६ मत प्राप्त गरे भने थापाले ७ सय १५ मतमात्रै पाए ।
कुल १५ सय ७१ मत खसेकोमा ५० मत बदर भएका थिए । बोगटी नेता रमेश लेखक निकट हुने भने थापा एनपी साउँद निकट हुन् ।
त्यस्तै, उपसभापतिमा मीनबहादुर सिंह (७८६) र हरिचन्द्र राना (७६३) विजयी भएका छन् । सचिवमा जनक धामी (६८०) र सिद्धराज भट्ट (६८०) निर्वाचित भएका छन् । त्यस्तै, सहसचिवमा नाफुसिंह साउँद (७२६) र पुष्कल चौधरी (६७४) निर्वाचित भएका छन् ।
वडा र क्षेत्रीय अधिवेशनमा नेता लेखक कमजोर देखिए पनि जिल्ला अधिवेशनमा भने बलियो देखिएका छन् । लेखकले एनपीनिकट बोगटीलाई आफ्नो खेमाबाट सभापतिका रुपमा अघि सारेका थिए ।

२०७८ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित