सहमतिमै पदाधिकारी टुङ्ग्यायौँ : महेश बस्नेत
मकालु खबर
२०७८ मंसिर १२ गते
चितवन । नेकपा एमालेका नेता महेश बस्नेतले पदाधिकारी सहमतिमै टुङ्ग्याएको बताएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर होटल पार्क सफारीबाट बाहिरिएपछि बस्नेतले यस्तो बताएका हुन् । ‘सहमतिमै नाम टुङ्ग्याइयो । अब कतैबाट समस्या हुँदैन ।’
नेताहरू बन्दसत्रस्थलतर्फ जाने क्रम जारी छ । सेभेन स्टार होटलमा हुने बन्दसत्रमा अध्यक्ष ओलीले फाइनल गरेको नाम नै घोषणा हुने नेताहरूले बताएका छन् ।
मकालु खबर
२०७८ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित