अध्यक्ष मण्डलको बैठक : प्रस्तावित सूचीमाथि छलफल सुरु

चितवन । चितवनको सौराहामा जारी एमालेको दशौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । बैठकमा प्रस्तावित सूचीमथि छलफल सुरु भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३०१ प्रस्तावित केन्द्रीय समिति सदस्यको नाम फाइनल गरेपछि अध्यक्ष मण्डलको बैठक बसेको हो । अध्यक्ष मण्डलमा ओलीसँगै भीम रावल, अष्टलक्ष्मी शाक्य, थममाया थापा‚ रामबहादुर थापा, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, लालबाबु पण्डित, सुवासचन्द्र नेम्वाङ‚ शेरबहादुर तामाङ र युवराज ज्ञवाली रहेका छन् ।

ओलीद्वारा प्रस्तावित नाम अध्यक्ष मण्डलमा छलफल गरेपछि बन्दसत्रमा पेस गर्ने कार्यतालिका रहेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ३० मिनेटपछि अध्यक्षमण्डलले अनुमान गरेको सूची बन्दसत्रमा प्रस्तुत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *