एमाले महाधिवेशन

अध्यक्षमा ओलीलाई भीम रावलको चुनौती !

काठमाडाैँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा सहमति नजुटेपछि बिहान चुनाव हुने भएको छ । आइतबार मध्यरात महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी प्रस्ताव गरेर आज बिहान ९ बजेसम्मका लागि बन्द सत्र स्थगित गरेका हुन् ।

बिहान ९ बजेपछि चुनावी कार्यक्रम शुरू हुने भएको छ । ओलीले पदाधिकारी प्रस्ताव गर्नुअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने अडान लिएका छन् । ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि  रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिने भएपछि एमाले महाधिवेशनमा अध्यक्ष पदमा पनि निर्वाचन हुने स्थिति आएको हो ।

बन्द सत्रमा ओलीले आगामी ५ वर्षको लागि निर्वाचित हुने पदाधिकारीमा आफ्नो नेतृत्वमा टीम घोषणा गरेका छन् । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् । वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले पनि दाबी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *