स्पेनिस लालिगा : रियलसँग सेभिल्ला पराजित
मकालु खबर
२०७८ मंसिर १३ गते
काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा आइतबार रियल म्याड्रिडले अन्तिम समयमा निर्णायक गोल गर्दै शीर्ष स्थानमा अग्रता बढाएको छ। रियल दोस्रो स्थानको एट्लेटिको म्याड्रिडसँगको अङ्क दूरी ४ अङ्कमा पुर्याउँदा सेभिल्लालाई २-१ ले पराजित गर्यो।
पछिल्ला पाँच खेलमा लगातार जित निकाल्दै आएको रियलले आफ्नो निरन्तर जितको शृङ्खला कायम राख्यो। सेभिल्लाविरुद्ध पुनरागमन जित निकाल्दा खेलमा सुरुवाती अग्रता भने सेभिल्लाले राफा मिरको गोलमा १२ औँ मिनेटमा नै अग्रता बनाएको थियो।
तर करिम बेन्जामाले पहिलो हाफमा नै खेललाई बराबरीमा ल्याउने क्रममा ३२ औँ मिनेटमा गोल गरे। अधिकांश समय १-१ को बराबरी भएको खेलमा निर्धारित समयको ३ मिनेट बाँकी रहँदा भिनसियस जुनियरले रियललाई अग्रता दिलाउँदै महत्त्वपूर्ण तीन अङ्क दिलाए।
मकालु खबर
२०७८ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित