राखेपको सदस्यसचिवमा घिसिङ नियुक्त


काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गर्ने निर्णय गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको खेलकुद मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाल रग्बी संघका अध्यक्ष रहेका घिसिङ माओवादीका बागमती प्रदेश कमिटी सदस्य समेत हुन् ।
घिसिङले हितबहादुर तामाङ खेलकुद मन्त्री हुँदा उनको स्वकीय सचिवका रुपमा पनि काम गरेका थिए । घिसिङ एसियाली रग्बी महासंघको कार्यसमितिमा समेत निर्वाचित भएका व्यक्ति हुन् ।
सदस्य सचिव बन्न निवेदन दिएका १८ जनासँग अन्तरवार्ता र कार्ययोजनाको प्रस्तुतिपछि मन्त्रीले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रीपरिषदमा पेश गरेका थिए ।
सरकारले गत कात्तिक १ मा तत्कालिन राखेप सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेपछि नयाँ सदस्यसचिव नियुक्त गरेको हो ।
