एमाले महाधिवेशन

मतगणनाको प्रक्रिया सुरु, ‘५ बजे मात्र परिणाम आउने’

चितवन । एमालेको १०औँ महाधविशेनमा भएको मतदानको मतगणनाको प्रक्रिया सुरु भएको छ ।

मतदान लगत्तै गणना सुरु गरेर २ बजेसम्ममा परिणाम नै सार्वजनिक गर्ने भनिएपनि केही ढिलो मात्र गणनाको प्रक्रिया सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सदस्य अधिवक्ता चिरञ्जिवी खतिवडाका अनुसार अहिले मतदान गरिएका ६९ वटै विद्युतीय मतदान मेसिनबाट चिप्स निकालेर मुचुल्का बनाउने प्रक्रिया चलिरहेको छ । मुचुल्का सकेपछि गणना हुनेछ । चिप्सबाट कति जनाले मतदान गरे र क-कसलाई गरे भन्ने गणना गरी फेरि सबैको जोड्ने  र रुजु गर्नेलगायत प्रक्रिया हुने भएकाले  अन्तिम परिणाम आउन ५ बज्न सक्ने प्रारम्भिक अनुमान गरिएको खतिवडाको भनाइ छ ।

२ बजेसम्म मतपरिणाम आइसक्ने भनिएपनि त्यसमा केही ढिलो हुने भएको छ । ‘हामीले २ बजेसम्ममा परिणाम सार्वजनिक गर्ने भनेका थियौँ तर केही ढीलोमात्र गणना सुरु भएकाले अब ५ बजेसम्ममा मात्र परिणाम सार्वजनिक हुने सम्भावना छ, प्रक्रियागत रूपमा जाँदा २ बजेभित्र नसकिने भयो‚’ मकालुखबरसँग उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *