कांग्रेसका ५६ जिल्लामा सभापति चुनिए, संस्थापन र इतर पक्ष हाराहारी
काठमाडौँ । नेपाली कांग्रेसले ५६ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । सभापतिसहित जिल्ला कार्यसमिति, प्रदेश प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुंगो लाग्दा सस्थापन र संस्थापन इतर समूह हाराहारीजस्तो देखिएको छ ।
जिल्ला सभापतिहरूलाई आधार मान्दा ५६ मध्ये २८ जिल्लामा संस्थापन इतर समूहका नेता सभापति बनेका छन् भने २५ जिल्लामा अहिलेको संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षका नेता सभापति बनेका छन् । नेता कृष्णप्रसाद सिटौला पक्षका नेता ३ जिल्लामा सभापति निर्वाचित भएका छन् ।
कुन जिल्लामा सभापतिमा को चुनिए र उनीहरू कुन पक्षका हुन् ?
संस्थापनइतरका जिल्ला सभापतिहरू-
नवलपरासी पश्चिम – अर्जुनकुमार पोखरेल
कपिलवस्तु – अब्दुल कलाम खाँ
दाङ – शंकरप्रसाद डाँगी
दैलेख – मणिराम रेग्मी
नुवाकोट – रमेश महत
काठमाडौं – सबुजकृष्ण बानियाँ
धादिङ – रामनाथ अधिकारी
गुल्मी – खिलध्वज पन्थी
ललितपुर – जितेन्द्रकुमार श्रेष्ठ
सुनसरी – केदार भण्डारी
दार्चुला– ललितसिंह बोहरा
खोटाङ – विष्णुकुमार राई
पाल्पा – हिमालदत्त श्रेष्ठ
स्याङ्जा – राजु थापा
रोल्पा – किशोर आचार्य
भोजपुर – विनोद बान्तावा
संखुवासभा – दिपक खड्का
तेह्रथुम – अर्जुनबहादुर तुम्बाहाङ्फे
दोलखा – बर्मा लामा
प्यूठान – विष्णुकुमार गिरी
अर्घाखााची – केशव श्रेष्ठ
बैतडी – चतुरबहादुर चन्द
रुकुमपूर्व – केशरमान रोका
रुकुम पश्चिम – प्रेमप्रकाश वली
मुस्ताङ – रोमी गौचन थकाली
गोरखा – नन्दप्रसाद न्यौपाने
बाजुरा – रामसिंह रावल
कालिकोट – अम्मबहादुर शाही
संस्थापन पक्षका सभापतिहरू
भक्तपुर – दुर्लभ थापा
कास्की – किशोरदत्त बराल
कञ्चनपुर– पदम बोगटी
सुर्खेत – खड्गबहादुर पोखरेल
तनहुँ – जितप्रकाश आले
पर्वत– युवराज जोशी
डोटी – नरेन्द्रबहादुर सिंह
डोल्पा– दीपेन्द्रबहादुर शाही
जुम्ला – कर्णबहादुर शाही
जाजरकोट – बेदराज सिंह
ओखलढुंगा– तेजेन्द्र खनाल
लमजुङ – टकराज गुरुङ
डडेलधुरा – भीमबहादुर साउद
उदयपुर– हिमाल कार्की
इलाम– डम्बर खड्का
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
पाँचथर – रुपनारायण जवेगु
सल्यान – केसबहादुर बिष्ट
मनाङ – शंकर गुरुङ
हुम्ला – मोहनविक्रम सिंह
रामेछाप – कान्छाराम तामाङ
मुगु – ऐनबहादुर शाही
म्याग्दी – खमबीर गर्बुजा
बझाङ – खडक बोहरा
सिटौला समूह निटक सभापतिहरू-
काभ्रे – तीर्थ लामा
झापा – देउमान थेबे
बागलुङ – जितबहादुर शेरचन