सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौँ । आज (बुधबार)देखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदैछ ।  प्रधान न्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास प्रारम्भ हुन लागेको हो ।  पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार न्यायाधीशहरूले अपारदर्शी थैलीमा राखिएका समान रूप, रङ्ग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ ।

सर्वोच्चमा प्रधान न्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था भएकाले पहिलो थैलीमा १ देखि २१ सम्म नम्बरका गोटी राखिएका हुन्छन् । गोला प्रथा प्रणाली लागू भएसँगै सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।

याे प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् । प्रधान न्यायाधीश चन्द्रशमशेर जबरामाथि प्रश्न  उठेको  भन्दै  न्यायाधीशहरूले इजलास बहिष्कार  गर्दै आइरहेका थिए ।

पेसी तोक्नका लागि गोला  प्रणाली लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । । नियमावली  कार्यान्वयन  गर्ने बारेको  सूचना सोमबार नेपाल राजपत्रमा पनि प्रकाशित भइसकेको छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधान न्यायाधीशको अधिकारमा कटौती हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *