डिबाला र मोराटाको गोलमा युभेन्ट्सको जित

काठमाडौँ । इटालियन सिरी ‘ए’ अन्तर्गत युभेन्ट्सले सालेरनिटानालाई पराजित गरेको छ । गए राती सम्पन्न खेलमा युभेन्ट्ससले सालेरनिटानालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला र स्पेनिस फरवार्ड अल्भारो मोराटाले एक एक गोल गरेका थिए । योसँगै युभेन्ट्सले सिरी ‘ए’ मा १५ खेलमा आफ्नो सातौँ जित हासिल गरेको छ ।

जितपछि युभेन्ट्सको २४ अंक भएको छ भने लिगमा सातौँ स्थानमा रहेको छ । त्यसैगरी सालेरनिटानाको भने यस सिजनमा यो ११औ हार हो । १५ खेलमा ८ अंक हासिल गरेको सालेरनिटाना लिगमा पुछारमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *