राप्रपासँग हाम्रो मत मिल्दैन तर गोत्र उस्तै हो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपासँग आफूहरूको विचार र सिद्धान्त नमिल्ने भएपनि राष्ट्रवाद र राष्ट्रियताको भावना मिल्ने बताएका छन् ।

राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा महाधिवेशन सफलताको कामना दिँदै प्रचण्डले राप्रपा र आफूहरूको सिद्धान्त नमिले पनि राष्ट्रिय भावना, देशभक्ति र राष्ट्रियताको पक्षमा उस्तै उस्तै प्रतिवद्धता रहेकाले गोत्र उस्तै हो भन्ने आफ्नो यसअघिको मान्यतामा आफू अडिगै रहेको बताए ।

आफू गणतन्त्र र धर्मनिरपेक्षतावादी रहेको र राप्रपा राजसंस्था र हिन्दू धर्मको पक्षमा भएकाले विचार र सिद्धान्त भने नमिल्ने प्रचण्डको भनाइ छ ।

राप्रपाको महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *