सीपीलाई प्रचण्डको व्यङ्ग्य- राप्रपाको अध्यक्ष बन्न खोजेको हो ?

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न लागेको हो ? भनेर व्यङ्ग्य गरेका छन् ।

राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रमा मैनालीले राजा महेन्द्र सबैभन्दा राष्ट्रवादी रहेको धारणा राखेपछि त्यसको जवाफमा प्रचण्डले उनलाई राप्रपाको अध्यक्ष बन्न लागेको भए शुभकामना भन्दै व्यङ्ग्य गरेका हुन् ।

‘यहाँ सीपी जीले राजाको बढो प्रशंसा गर्नुभयो‚ मैले त त्यस्तो भन्न सक्दिनँ‚’ प्रचण्डले भने‚ ‘राप्रपाकै अध्यक्ष बन्न लाग्नुभएको झैँ राजाको बयान गर्नुभयो, कतै राप्रपाकै अध्यक्ष बन्न लाग्नुभएको त होइन ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *