नेताहरूलाई चन्दको प्रश्न- तपाईँहरूको त्याग र संघर्ष यहि अवस्थाका लागि हो त ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले राज्यमा धेरै परिवर्तनहरू भएपनि नागरिक खुसी हुन नपाइरहेको बताएका छन् ।

राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै चन्दले अहिले न्यायलाई अन्यायले, सहीलाई गलतले र यथार्थलाई प्रोपोगान्डाले छोप्दै लगेको भन्दै अहिले आम नागरिक खुसी हुन नसकेको बताए ।

‘कार्यकर्ताहरु खुसी होलान् तर आम जनता खुसी छैनन’, उनले मञ्चमा रहेका नेताहरूतर्फ संकेत गर्दै भने‚ ‘के यहि अवस्था ल्याउनका लागि नै त्यत्रो त्याग र संघर्ष गरिएको हो त ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *