‘राजा आऊ‚ देश बचाऊ’ होइन‚ अब ‘जनता आऊ‚ राजालाई ल्याऊ’ : थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा परिवर्तन विरोधी नभएको जिकीर गरेका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रमा उनले राप्रपाले पुरानो व्यवस्थामा फर्किन खोजको नभई नेपालका सबै शक्तिलाई अटाउन सक्ने मौलिक राजनीतिक परिपाटी विकास गर्न खोजेको दाबी गरे ।

‘हामी परिवर्तनविरोधी शक्ति होइनौँ‚’ उनले भने, ‘हामीले निरंकुश राजतन्त्र ल्याउन खोजेको होइन, हामी पुरानो व्यवस्थामा फर्किने भन्दैनौँ; हामीले राजादेखि माओवादीसम्म अटाउने मौलिक प्रजातान्त्रिक राजनीतिक प्रणाली विकास गर्न खोजेका हौँ ।’

राप्रपाले निरंकुश राजतन्त्रको कुरा गरेको नभई राजनीतिबाट माथि उठेको राजसंस्थाले साझा संस्थाको रुपमा रहन सक्छ भन्ने राप्रपाको मान्यता रहेको थापाको भनाइ छ ।

राप्रपाले २०६३ भन्दा पहिलेको अवस्थामा फर्काउन खोजेको आरोप पनि कतिपयले लगाउने गरेकोमा असन्तुष्टि जनाउँदै उनले त्यो गलत भएको बताए ।

अहिले राप्रपाको नारा ‘राजा आऊ‚ देश बचाऊ’ नभएर ‘जनता आऊ‚ राजालाई ल्याऊ’ भन्ने रहेको पनि उनले बताए ।

राजसंस्था सहितको प्रजातन्त्र सर्वधर्म समभावसहित धार्मिक स्वतन्त्रता, सनातन धर्मको रक्षा र हिन्दू राज्य स्थापनाको काम सँगसँगै जान सक्ने उनले बताए । राप्रपाले एक धर्मलाई मात्र राज्यले विशेष सुविधा दिनुपर्छ नभनेको तर नेपालीकोे पहिचानको रक्षा जरुरी रहेको उनले बताए ।

अहिले धर्म निरपेक्षताको आडमा सनातन धर्म परम्परालाई ध्वस्त पार्न खोजिएको भन्दै उनले राप्रपालाई त्यो स्वीकार्य नरहेको थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *