सभामुख फर्किएलगत्तै सर्वोच्चको विषयमा छलफल गर्दैछौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको न्याय क्षेत्रका बारेमा देखिएको समस्याबारे चाँडै संसदीय छलफल थाल्ने बताएका छन् ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रचण्डले सभामुख अग्नीप्रसाद सापकोटा नेपाल फर्कनेबित्तिकै राजनीतिक दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल थाल्ने बताएका हुन् ।

यसबारेमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग अस्ति मंगलबार कुराकानी गरेको उनको भनाइ छ ।

‘सर्वोच्च अदालतमा यो विषय उठान भएदेखि नै हामी छलफलमै छौँ‚’ प्रचण्डले भने, ‘यो गम्भीर विषय हो, यो सर्वोच्च अदालतमा मात्र नभएर न्याय क्षेत्रमै देखिका समस्या समाधानको प्रस्थानबिन्दु बन्न सक्छ । बारले पटक पटक ध्यााकर्षण गराउँदा पनि सुनुवाइ नभएको जस्तो देखिएको छ, हामी सभामुख फर्किने वित्तिकै छलफल थाल्छौँ ।’

बारको प्रतिनिधिमण्डलले बुधबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष प्रचण्डलाई भेटेर बारले ज्ञापन पत्र बुझाएको हो ।

बारले यसअघि अन्य दलका नेताहरुलाई भेट्दै राणालाई महाभियोग लगाउन १७ बुँदे आरोपपत्र बुझाइसकेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *