राष्ट्रपतिले जारी गरिन् ६ वटा अध्यादेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले  ६ वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले बुधबार यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ सहित ६ वटा अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ पनि जारी गरेकी हुन् ।

संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार साँझ राष्ट्रपति भण्डारीले ती अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । ६ वटै अध्यादेश अब राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *