वरिष्ठतम न्यायाधीशलाई कायम मुकायम जिम्मेवारी दिइयोस् : बार

काठमाडौँ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानअनुसार वरिष्ठतम न्यायाधीशलाई कायम मुकायम जिम्मेवारी दिनुपर्ने बताएको छ ।

बुधबार एक विज्ञप्ति जारी गरी बारले प्रधान न्यायाधीश आफू कोरोना संक्रमित भएर अस्पताल भर्ना भएपनि संविधान अनुसार जिम्मेवारी हस्तान्तरण नगरेको भन्दै प्रधान न्यायाधीश जबराले स्वास्थ्याअवस्थाका कारण अदालत उपस्थित हुन नसकेमा संविधानअनुसार वरिष्ठतम न्यायाधीशलाई कायम मुकायम जिम्मेवारी दिनुपर्ने बताएको हो ।

‘उहाँ बिरामी परी अस्पतालमा उपचाररत रहनुभएकाले स्वास्थ्यलाभको कामना गर्दै उहाँ आफ्नो पदमा रही काम गर्न असमर्थ भएको र अदालतमा उपस्थित हुने अवस्था पनि नभएको कुरा स्वयंसिद्ध भएको यस स्थितिमा नेपालको संविधान बमोजिम न्यायपालिका नेतृत्वविहीन नहुने र न्यायिक नेतृत्व स्वत: वरिष्ठतम न्यायाधीशमा सर्ने कुरा निर्विवाद छ‚’ बारका महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सोमबार साँझदेखि एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश जबराले मंगलबार अस्पतालबाटै पेशी तोक्नु घोर असंवैधानिक भन्दै बारले आपत्तिसमेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *