राप्रपाकाे नेतृत्व चयन प्रक्रिया आजदेखि, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनको प्रक्रिया आजदेखि सुरु  हुँदै छ । बुधबारबाट सुरु भएको राप्रपाको  एकता महाधिवेशनअन्तर्गत आज(बिहीबार) निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो ।

भावी अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशमशेर जबरा भने पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने भन्दै कतै खुलेका छैनन् ।

अध्यक्षका दावेदार थापा र लिङ्देन दुवैले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना तथा संघीयता खारेजीको एजेन्डा अघि सारेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग टरिसकेको भए पनि सहमतिको प्रयास गरिने नेताहरूले बताएका छन्।  मञ्चबाटै अग्रज नेताहरूले अध्यक्षमा उम्मेदवारी दिएका कमल थापा र राजेन्द्र लिङ्देनलाई सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *