चलचित्र निर्माणमा फर्किए छविराज ओझा
मकालु खबर
२०७८ मंसिर १६ गते
काठमाडौँ । बाघ निर्माता भनेर चिनिने छविराज ओझा चार वर्षपछि चलचित्र निर्माणमा फर्किँदैछन् ।
उनले चलचित्र मङ्गलम् पश्चात कुनै नयाँ चलचित्र निर्माण गरेका छैनन् । मङ्गलम् सफल त भयो तर उनको व्यक्तिगत जीवनमा आएको उतारचढावको कारण उनले कुनै नयाँ काम सुरु गरेनन् । अब भने उनले नयाँ चलचित्रको तयारी सुरु गरेका छन् ।
उनले नयाँ चलचित्रको एक गीत रेकर्ड समेत गराएका छन् । गीतमा प्रविशा अधिकारी र डेविड शंकरको स्वर रहेको छ भने दीपक शर्माको शब्द तथा संगीत छ ।
हाल चलचित्रको स्क्रिप्टमा काम भइरहेको उनी निकट स्रोतले जनाएको छ । नवराज शर्माले निर्देशन गर्ने चलचित्र युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिनेछ ।
मकालु खबर
२०७८ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित