राप्रपा अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउन १ लाख रुपैयाँ तिर्नुपर्ने भएकाे छ । बुधबारबाट राजधानीमा शुरू भएको राप्रपाकाे एकता महाधिवेनमा अध्यक्ष पदका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउन शुल्कस्वरूप १ लाख रुपैयाँ तिर्नुपर्ने भएकाे हाे ।

यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार तोकिएको छ । यसैगरी महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएकाे छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *