प्रदेश अधिवेशनमा बाेल्न नपाएपछि पाैडेल पक्षद्वारा नाराबाजी

पाेखरा । गण्डकीमा पहिलाे प्रदेश अधिवेसनकाे उद्घाटन चलिरहेकाे छ । उद्घाटनमा आफ्ना पक्षका नेताहरुलाई बाेल्न नदिएकाे भन्दै संस्थापन ईतरका नेता कार्यकर्ताले मन्चमै बिराेध जनाएका छन् ।

यहाँ देउवा पक्षबाट सभापतिमा अर्जुन जाेशीलाई टिकट दिईएकाे छ । उनी केन्द्रीय सदस्य भएकाेले बाेल्न दिईएकाे थियाे। उनले साेही भाषणमा आफुलाई मत मागे । त्यसपछि मन्चमा सुरु भयाे, ईतरहरुकाे बिराेध । आकांक्षीहरु देवराज चालिसे, यज्ञबहादुर थापा, शुक्रराज शर्मा लगायत नेता र उनका कार्यकर्ताहरुले बाेल्न मन्च माग्दै देउवा पक्ष बिरुद्द प्रदर्शन गरेका हुन् ।

त्यसपछि कार्यक्रममा उनीहरुलाई समेत बाेल्न दिईयाे । अहिले कार्यक्रम निरन्तर चलिरहेकाे छ । आकांक्षीहरुले मनाेनयन शुल्क पनि बढी भएकाे भन्दै बिराेध जनाएका छन् ।

सभापतिमा ९१ हजार, उपसभापतिमा ६१, महामन्त्रीमा ५१,सहमहामन्त्रीका लागि ४१ र सदस्यलाई ३१ हजार मनोनयन शुल्क ताेकिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *