राप्रपा महाधिवेशन : ४६ सय प्रतिनिधिका लागि भृकुटीमण्डपमै खाना

काठमाडौँ। राप्रपाको एकता महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि काठमाडौँ आएका छन् । महाधिवेशन अवधिभरी उनीहरूलाई विभिन्न होटलमा राखिएकाे छ । उनीहरूलाई खाना भने भृकुटीमण्डपमै बनेको मेसमा खुवाइने भएकाे छ ।

मेसका सेफ सन्तोष थापा भन्छन्, ‘हामी यहाँ २५ जना स्टाफ छौँ । हामीले करिब ४६ सय प्रतिनिधिका लागि खाना बनाउन दिनैभरि लाग्छ ।’

महाधिवेशनका लागि ४ हजार ५ सय ६० प्रतिनिधि काठमाडाैँमा भेला भएका छन् । बिहानको खानामा दाल, भात, मासु, अचारलगायत आइटम राखिएको छ भने बेलुका सादा दाल भात मात्रै खुवाइनेछ ।

राप्रपाको नयाँ अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन अध्यक्षको दाबेदारी गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *