दुवै सदन मंसिर २८ का लागि आह्वान
मकालु खबर
२०७८ मंसिर १६ गते
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
मकालु खबर
२०७८ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित