पदबहाली गर्दै ओली

काठमाडौँ । दोस्रोपटक नेकपा (एमाले) को अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले पदबहाली गर्दैछन् । उनले शुक्रबार दिउँसो पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम तय भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

चितवनको सौराहामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः अध्यक्षमा दोहोरिएका हुन् । उनले अर्का अध्यक्षका प्रत्याशी भीम रावललाई १,६१६ मतले पराजित गरेका थिए ।

एमालेले नवनिर्वाचित नेताहहरूको कार्यविभाजन, स्थायी र पोलिटब्यूरो कमिटी गठनलगायतका काम टुङ्ग्याउन मंसिर २४ र २५ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *