राप्रपा अध्यक्षमा लिङ्देनको उम्मेदवारी दर्ता 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा गृहमा जारी महाधिवेशनका क्रममा लिङ्देनले शुक्रबार अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्  ।

लिङ्देनको प्यानलबाट अभिनेत्री रेखा थापाले महिला महामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन् । राप्रपाको नयाँ नेतृत्वका लागि लिङ्देन र अहिलेका अध्यक्ष कमल थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले प्यानल घोषणा गरेका छन् तर थापाले भने अहिलेसम्म उम्मेदवारी दर्ता गरेका छैनन् ।

आज उम्मेदवारी दर्ता गर्ने र भोलि मतदान गर्ने कार्यतालिका रहेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *