राप्रपा महाधिवेशन : तानातानमा पाण्डे

काठमाडौँ । काठमाडौँको भुकृटीमण्डपमा चलिरहेको राप्रपा महाधिवेशनमा पूर्वमन्त्री विक्रम पाण्डे तानातानमा परेका छन् । प्रष्ट रूपमा खुलिनसकेका पाण्डेलाई कमल थापा र राजेन्द्र लिङ्देन दुवैले आ–आफ्नो प्यानलमा समेटेका छन् ।

दुवै प्यानलमा पाण्डेलाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ । यसअघि बिहीबार साँझ थापा र लिङ्देन दुवैले आ–आफ्नो प्यानल घोषणा गर्दै पाण्डेलाई उपाध्यक्षको उम्मेदवार बनाएका हुन् । पाण्डे आफैँ भने मौन छन् । उनले ‘मेरो प्यानल यही हो’ भनेर सार्वजनिक धारणा दिइसकेका छैनन् ।

महाधिवेशनमा अहिले मनोनयन दर्ताको काम भइरहेको छ । मनोनयनमा पाण्डेले आफ्नै प्यानलबाट नाम दर्ता गराएको लिङ्देन पक्षको दाबी छ । नेता जीवन पनेरूले भने, ‘उहाँ र हामीबीच बकैदा छलफल भएपछि उहाँले हाम्रो प्यानलबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ हाम्रो प्यानलबाट उपाध्यक्ष पदमा चुनाव लड्दै हुनुहुन्छ ।’

यद्यपि भृकुटीमण्डपमा कमल थापा पक्षले आफ्नो प्यानलमा राखेर ब्यानर सार्वजनिक गरेको छ । थापा पक्षका नेता राजाराम बर्तौला भन्छन्, ‘उहाँ त हाम्रो प्यानमा हो नि । उताबाट साथीहरूले सल्लाह नै नगरी राखेँ भनेर हुन्छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *