राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा गृहमा जारी महाधिवेशनअन्तर्गतको बन्द सत्रमा थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि नै अर्का अध्यक्षका प्रत्याशी राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराइसकेका छन् । आज उम्मेदवारी दर्ता गर्ने र भोलि मतदान गर्ने कार्यतालिका रहेको राप्रपाको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *