राप्रपा महाधिवेशन

१४१ केन्द्रीय सदस्यमा २६४ को उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गतकाे बन्दसत्रमा केन्द्रीय सदस्य पदका लागि २६४ जनाको उम्मेदवारी परेको छ । शुक्रबार बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्मलाई राप्रपाकाे निर्वाचन आयोगले दिएको समयभित्र १४१ केन्द्रीय सदस्य पदका लागि २६४ जनाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य राजु बस्नेतले जानकारी दिए ।

उनकाअनुसार महिला ४७, पुरुष खुला ५७ र आदिवासी, जनजाति, प्रवासहसित १४१ सिटमा २६४ जनाको उम्मेदवारी परेको हो । समितिकाअनुसार अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ । उनीहरुले प्यानलसहित नै उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा दुई महिलासहित ८ जनाले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा दुईजना महिलासहित ६ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ । अध्यक्षका लागि मतपत्रमार्फत नै मतदान हुनेछ भने अन्यको हकमा ९१ वटा मेसिनबाट ई–भोटिङ्ग हुँदैछ ।

राप्रपामा शनिवार बिहान ८ बजेदेखि मतदान हुँदैछ । एकजना महाधिवेशन प्रतिनिधिलाई मतदानका लागि कम्तीमा १५ मिनेट लाग्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *