नेपाल एसबिआई बैंकद्वारा जानकी मन्दिरलाई सहयोग
मकालु खबर
२०७८ मंसिर १७ गते
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२ बटा डस्टबिन उपलब्ध गराएको छ।
यस किसीमको पहलले जानकी मन्दिर व्यवस्थापनमा केहि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
यस अवसरमा बैंकले जानकी मन्दिरमा क्युआर कोड र पोस मेसिन हस्तान्तरण तथा जडान गरेको छ । स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सक्नेछ ।
डिजिटल डोनेसन स्थापना गर्नाले डिजिटल दान गर्न चाहने लाखौँ स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुने बैंकको विश्वास छ।
मकालु खबर
२०७८ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित