कांग्रेस उपसभापतिमा उठ्ने महेश आचार्यको घोषणा
मकालु खबर
२०७८ मंसिर १८ गते
काठमाडौँ । नेपाली कांग्रेसका नेता महेश आचार्यले आसन्न महाधिवेशनमा केन्द्रीय उपसभापतिमा उठ्ने घोषणा गरेका छन्। शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता आचार्यले १४ औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । कांग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४–२६ गतेसम्म काठमाडौँमा हुँदैछ ।
मकालु खबर
२०७८ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित