मुलुक पुन:संरचनाको एजेण्डा छाडेका छैनौँ : बाबुराम

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको पुन:संरचनाको एजेण्डालाई आफूले नछाडेको बताएका छन् । शनिबार जसपाको समाजवादी नेवा संघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भट्टराईले यसअघि आफूहरूले भन्दै आएको जातीय र सामर्थ्यका आधारमा राज्यको पुनसंरचनाको विषयलाई नछाडेको बताएका हुन् ।

आफूहरूले राखेको विषयलाई सांसदबाट अनुमोदन गराउनका लागि अहिले दुई तिहाइ नपुग्ने भएकाले अबको निर्वाचनको परिणामपछि आफ्ना मुद्दालाई स्थापित गर्न लाग्ने उनले बताए ।

भट्टराईले केपी ओलीको मुर्खताका कारण मुलुकको संघीयता नै खतरामा परेकाले आफूहरू एकजुट भएको र केही उपलब्धि जोगाउन सरकारमा सहभागी भएको बताए । उनले संविधान संशोधनको प्रस्ताव अघि बढाउन पहल गर्ने र त्यसका लागि सडक र सदनबाट संघर्ष गर्ने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *