कांग्रेस अधिवेशन : गण्डकीमा मतदान सकियो, ११४६ मत खस्यो
मकालु खबर
२०७८ मंसिर १८ गते
पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा मतदान सकिएको छ । मतदानमा जम्मा ११४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
यहाँ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट छुट्टाछुट्टै प्यानलसहित पदाधिकारीमा उम्मेदवारी परेकाे छ । देउवा समूहबाट अर्जुन जोशी प्रदेश सभापतिको उम्मेदवार छन्।
भने पौडेल समूहबाट शुक्रराज शर्मा सभापतिका उम्मेदवार छन् । प्रदेश अधिवेशनको मतगणना आजै सुरु हुने कांग्रेस गण्डकीले जनाएको छ ।
मकालु खबर
२०७८ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित