राप्रपा अध्यक्षमा लिङ्देनको अग्रता, थापा १०० बढी मतले पछि

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् । शनिबार राति अबेर सम्पन्न निर्वाचनको मतगणनामा लिङ्देनले अग्रता कायमै राखेका हुन् ।

लिङ्देनले २९ सयभन्दा बढी हजार मत गणना सकिँदा १३७१ मतसहित अग्रता कायम राखेका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल थापाले १२५४ मत पाएका छन् । याे नतिजाअनुसार  थापा ११७ मतले पछि परेका छन् ।

निर्वाचन समितिका अनुसार ३३९ मत बदर भएको छ । अध्यक्षको मत परिणाम आएपछि मात्र अन्य नतिजा सार्वजनिक गरिनेछ । राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *