थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी
मकालु खबर
२०७८ मंसिर १९ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । कमल थापालाई बिहान सम्पन्न मत गणनामा लिङ्देनले कमल थापालाई ११९ मत अन्तरले पराजित अध्यक्षमा निर्वाचित भएका हुन् ।
राप्रपा नेता जनक पाठककाअनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको थियो । निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ ।
प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।— Kamal Thapa (@KTnepal) December 5, 2021
मकालु खबर
२०७८ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित