अब राजासहित प्रत्यक्ष निर्वाचित प्रधान मन्त्री : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा चलिआएको परम्परालाई तोड्दै नयाँ सुरुवात गरेको बताएका छन् । विजयी भएपछि कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन् ।

उनले पुस्तान्तरणको कुरा गर्ने कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पनि यस मुद्दामा राप्रपाले नेतृत्व गर्ने बताए । ‘२०४६ सालपछि राष्ट्रको नेतृत्वमा रहेको असफल पुस्तालाई परिवर्तन गर्न आवश्यक छ भन्ने एमाले कांग्रेस र माओवादीका पुस्तान्तरणका कुरा गर्ने नेताहरूलाई पनि राप्रपाले नेतृत्व गर्छ । हामीले पुस्तान्तरण गरेर देखाएका छौँ,’ उनले भने ।

उनले अब राष्ट्रप्रमुखका रूपमा राजा र सोझै जनताले चुन्न पाउने प्रधान मन्त्रीय प्रणालीका लागि राप्रपाले अभियान अघि बढाउने बताए । ‘राजा चाहियो भन्ने जनता हामी भन्दा बढी सडकमा छन् । हामीले जोड्न सकेका छैनौँ,’ उनले भने, ‘६ महिनाभित्र राष्ट्रप्रमुखको रूपमा राजा, कार्यकारीमा सोझै जनताले चुन्ने प्रधानमन्त्री चाहने सबै नेपालीलाई जोड्छौँ ।’

उनले आफ्नो विजयमा जुलुस ननिकाल्न र माला नलगाइदिन आह्वानसमेत गरे । ‘कुनै जुलुस निकाल्न पर्दैन । नाराबाजी गर्नुपर्दैन । माला बोकेर आउनुपर्दैन,’ लिङ्देनले भने, ‘यो आन्तरिक चुनाव हो, सकियो । माला बोकेर आएन भनेर के भन्छ कि भन्नुपर्दैन । माला बोकेर आउनुपर्दैन है तपाईँहरू ।’

सम्बन्धित समाचार
-थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी
-लिङ्देन : गाडी चालकदेखि राप्रपा अध्यक्षसम्म
-पराजित भएपछि कमल थापाले भने- ‘निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’
-राप्रपा पदाधिकारीमा कमल थापा प्यानलको वर्चस्व

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *