मेरो जितले अन्य पार्टीका युवा पुस्तालाई पनि प्रेरणा मिलेको छ : राजेन्द्र लिङ्देन

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो यस पटकको महाधिवेशनबाट अन्य पार्टीका युवा पुस्तालाई पनि नेतृत्वमा आउन प्रेरणा प्रदान गरेको बताएका छन् ।

उनले नेपाली राजनीतिमा पुस्तान्तरणको विषय सधैँ उठ्ने गरे पनि नयाँ पुस्ताले आँट नगर्ने र पुराना पुस्तालाई नै स्थापित गर्ने गरेका भन्दै आफ्नो जितले नयाँ पाठ दिएको बताएका हुन् । उनले भने, ‘आफ्नो पार्टीभित्र मात्र होइन अन्य पार्टीको युवापुस्तालाई समेत नेतृत्वमा आउन प्रेरणा दिएको छु ।’

आइतबार अध्यक्ष निर्वाचित भइसकेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै लिङ्देनले यस्तो बताएका हुन् । उनले सबै देशभक्त नागरिकसहित नयाँ पुस्तालाई समेटेर राजनीतिको केन्द्रका रूपमा पार्टीलाई स्थापित गर्ने पनि बताए । उनले राजसंस्था र हिन्दु राष्ट्र नै आफ्नो प्रमुख एजेण्डा भएको पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *