लुम्बिनीमा पुन पक्षको अग्रता
काठमाडौँ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अध्यक्षमा अमरसिंह पुनले अग्रता लिइरहेका छन् । हालसम्म गणना भएको मतमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार पुनले अग्रता लिएका हुन् ।
सभापतिसहित पदाधिकारीमा पनि पुनको प्यानलले नै अग्रता लिएको मतगणनामा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।
३६५ मतको गणना हुँदा पुनले २१६ र प्रतिस्पर्धी भरतकुमार शाहले १४७ मत ल्याएका छन् । शाह देउवा पक्षबाट सभापतिका उम्मेदवार हुन् ।
यस्तै उपसभापतिमा अष्टभुजा पाठकले २०४, भुवनप्रसाद श्रेष्ठले २०८, राजु खनालले १४७ र सुधाकर पाण्डेले ११८ मत पाएका छन् । यस्तै, महामन्त्रीमा खिमान सिंह रायमाझीले १२३, जन्मजय तिमल्तिनाले १२७, बिक्रम खनालले २१८ र सुरेन्द्रराज आचार्यले २११ मत पाएका छन् । यसैगरी सह-महामन्त्री (महिला) मा निमा गिरीले १९८, सरिता चौधरीले १३२, सह-महामन्त्री (खुल्ला) मा खगराज पाण्डेले १९१, माया पुनले १४१, लक्ष्मीनारायण साहले १३१ र बिष्णुप्रसाद खनाल मुस्कान ले २१७ मत पाएका छन् ।