बागमती प्रदेशको कांग्रेस सभापतिमा बानिया विजयी

हेटौँडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानिया विजयी भएका छन् । आइतबार राती सकिएको मतगणनामा बानियाले प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीलाई हराउँदै प्रदेश सभापति बनेका हुन् ।

बानियाले  १०८५ र केसीले  ९२७ मत पाएका छन् । तर परिणाम निर्वाचन समितिले घोषणा गर्न भने बाँकी छ ।

शनिबार भएको पहिलो चरणको मतदानबाट अध्यक्षका उम्मेदवार तीनजनामध्ये कसैले पनि बहुमत नल्याएपछि बढी मत ल्याउने बानिया र केसीबीच फेरि मतदान भएको थियो । पहिलो चरणको मतदानमा सबैभन्दा धेरै मत ल्याएका बानियाँलाई तेस्रो मत ल्याएका भिमसेनदास प्रधानले पनि सहयोग गर्ने घोषणा गरेका थिए ।

बानियाँ कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् भने केसी संस्थापनइतर समुहबाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *