म्यान-यूको संघर्षपूर्ण जित, टोटेनह्याम लयमा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले आइतबार संघर्षपूर्ण जित निकाल्दा टोटेनह्यामले पछिल्लो तीन खेलसम्म लगातार जित यात्रा जारी राखेको छ।

टोटेनह्यामले नर्विच सिटीमाथि ३-० को सहज जित निकाल्दा युनाईटेडले भने ७७ औँ  मिनेटमा गरेको एकमात्र गोल तीन अंकका लागि पर्याप्त बन्यो।

म्यानचेस्टरको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली दोस्रो हाफको अन्तिम समयमा गोल गर्न सफल भयो। युनाईटेडका लागि ग्रिनउडको पासलाई फ्रेडले गोलमा परिणत गर्दै तीन अंक निश्चित गरेका थिए ।

जितसँगै युनाईटेडलाई शिर्ष चारमा पर्न केही सहज भएको छ। जितसँगै युनाईटेड आर्सनललाई पछि पार्दै २४ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ।

अर्को खेलमा टोटेनह्यामले नर्विच सिटीलाई ३ ० ले पराजित गर्दै आफुलाई शिर्ष चार नजिक पुर्याएको छ। टोटेनह्याम जितसँगै २५ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ। टोटेनह्यामको जितमा लुका मौउराले १० औ मिनेटमा, सान्चेजले ६७ औ मिनेटमा र ह्युङ मिनले ७७ औ मिनेटमा तेस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए।

त्यस्तै लिड्स युनाईटेड ब्रेन्टफोर्डसँग अन्तिम समयमा हारबाट जोगियो। सुरूवाती अग्रताका बावजुत लिड्स दोस्रो हाफमा लगातार २ गोल खान पुग्यो। तर ५ मिनेट थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा लिड्सले गोल फर्काउँदै ब्रेन्टफोर्डसँग अंक खोस्यो। ब्रेन्ट फोर्ड १७ अंकका साथ ११ औ स्थानमा उक्लिंदा लिड्स पनि १६ अंकका साथमा १४ औ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *