कांग्रेस अधिवेशन : प्रदेशमा देउवाको वर्चश्व

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन चलिरहेको छ । देशभरका ७ वटै प्रदेशमध्ये ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न भएको छ । प्रदेश २ मा पार्टीको आन्तरिक विवादका कारण प्रदेश अधिवेशन हुन सकेको छैन । यस्तैमा ३ वटा प्रदेशमा सभापति शेरबहादुर देउवा निकट उम्मेदवारले जितेका छन् ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । प्रदेश -१ मा भने देउवाको समर्थन रहेको कृष्ण सिटौला समूह विजयी भएको छ । प्रदेश १ मा देउवा समूहले समर्थन गर्दा उद्धव थापा दुई मतले विजयी भए  । सभापतिमा थापाले ८४४ मत र संस्थापन इतर पक्षका गुरुराज घिमिरेले ८४२ मत पाएका थिए  । यस्तै लुम्बिनी प्रदेशमा पौडेल पक्षका उम्मेदवार अमर पुन विजयी भएका छन् । वाग्मती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भए ।

बानियाँले १०८५ र जगदीश्वर नरसिंह केसीले ९२७ मत ल्याएका छन् । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका हुन् ।

प्रदेश -२ मा भने अधिवेशन कहिले हुने अझै अन्योल छ । हालसम्म ६ वटा प्रदेश अधिवेशनको चुनावी परिणाममा विश्लेषण गर्दा कांग्रेसमा संस्थापन पक्ष बलियो देखिएको छ । भने संस्थापन इतर पक्ष कमजोर देखिएको छ ।

६ वटा प्रदेशमध्ये संस्थापन समूहले ४ वटा प्रदेशमा जित हासिल गर्नुले आसन्न महाधिवेशनमा पनि महत्त्वपूर्ण अर्थ राख्नेछ । सभापतिमा दोहोरिन चाहेका प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई आफ्नो पक्षमा  नतिजा ल्याउन सहन हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *